0
प्रतिक्रिया
पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय अध्यक्षमा खमबहादुर गर्वुजा पुन मगर निर्वाचित भएका छन् । समाजको पोखरामा हालै सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले खमबहादुरलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी समाजको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर, उपाध्यक्षमा नरबहादुर फगामी पुनमगर, महिला उपाध्यक्षमा रामकुमारी पुन मगर, महासचिवमा प्रतिमाया पुन मगर (थजाली), सचिवमा हेमकुमारी गर्बुजा पुन मगर र कोषाध्यक्षमा दलबहादुर पुन मगर निर्वाचित भए ।
केन्द्रीय सदस्यमा देउकुमारी गर्बुजा पुन मगर, दलबहादुर पुन मगर, देउबहादुर चोवादी पुन मगर, कृष्ण गर्बुजा पुन मगर, आशिष पुन मगर, देव चोचाङ्गी पुन मगर, कुमारबहादुर पुन मगर, जगबहादुर पुन मगर, दिपक पुन मगर, टेकबहादुर पुन मगर, गोविन्द पुन मगर, देवबहादुर पुन मगर, खगेन्द्रमान पुन मगर, यामबुमार पुन मगर, माया पुन मगर, बलबहादुर पुन मगर, भिम बहादुर पुन मगर, कल्पना पुर्जा पुन मगर, यामकुमारी खोरजा पुन मगर, तुलबहादुर पुर्जा पुन मगर, डिलदेवी पुर्जा पुन मगर, निरज पुन मगर, देव गर्वुजा पुन मगर, कुम पुन मगर, तुलबहादुर तिलिजा पुन मगर र टेकबहादुर पहरे पुन मगर निर्वाचित भएको बताइएको छ ।
महाधिवेशनमार्फत विभिन्न छ बुँदे घोषणापत्रसमेत जारी गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘मगर खाम मातृभाषा, धर्म संस्कार, संस्कृति र भेषभुषा संरक्षण एवंं प्रवर्द्धन गर्न प्रतिवद्धता जाहेर गर्ने, देश विदेशमा रहेका पुन मगरलगायत सम्पूर्ण मगरलाई एकताका लागि नेपाल पुन मगर समाजले प्रतिवद्ध गर्ने, संविधानमा व्यवस्था भएअनुसार मगर खाम मातृभाषालाई मगर खाम बाहुल्यता रहेको स्थानीय तह र क्षेत्रमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्न पहल गर्ने ।’
यस्तै पुन मगरलाई आर्थिक समृद्धि, स्वास्थ्य तथा शैक्षिक गुणस्तर उत्थान एवं सामाजिक सशक्तीकरण प्रक्रियामा जागरण ल्याउने, कुनै पनि पार्टी भन्दा जाति ठूलो हो भन्ने ध्येलाई आत्मसाथ गर्दै पुनमगर समाजलाई विशुद्ध जाति उत्थानको रुपमा अगाडि बढाउन प्रतिवद्धता जाहेर गर्दै व्यक्तिगत रुपमा पुन मगर कुनै पनि राजनीतिक पार्टीमा सहभागी हुन समाजले कुनै रोक नलगाउने उल्लेख गरिएको छ ।
Copyright © 2024 | All rights reserved.