बैशाख ०४, २०८२, बिहीबार

तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ पुस ७ गते आइतबार, इस्वीसंवत डिसेम्बर २२ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको सप्तमी तिथि दिनमा ३ः५३ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरफाल्गुनी बिहानमा ८ः०३ त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान ३५ घटि २८ पलासम्म त्यसपछि सौभाग्य लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः५५ बजे र अस्ताउने समय भोलि बिहानमा ११ः४२ बजे रहेको छ । आज रवि सप्तमी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

वृष : आज पनि समय खराब छ । चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । यसअघिको सफलताले भने मनमा हौसला जगाउनेछ ।

मिथुन : आज समय शुभ छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

कर्कट : आज समय शुभ छैन । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । कामको समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् ।

सिंह : आज समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ ।

कन्या : आज समय भरपर्दो रहनेछैन । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्नेछ, सतर्क हुनुहोला ।

तुला : आज समय शुभ छ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ योग देखिन्छ ।

वृश्चिक : आज समय मध्ययम छ, कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।

धनु : आज समय शुभ छैन । हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् । सामान्य कामका लागि धेरै दौडधूप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपपर्नेछ ।

मकर : आज समय भरपर्दो रहनेछैन । ईष्या गर्नेले सताउनेछन् । घुमफिर तथा मनोरञ्जनको समय छ तर लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ने देखिन्छ । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ ।

कुम्भ : आज समय शुभ छ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

मीन : आज समय राम्रो छैन । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनुपर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन ।

Copyright © 2024 | All rights reserved.