0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
आज मंगलबार सुनको भाउ सोमबारकै दर प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.