बैशाख ०४, २०८२, बिहीबार

आज सुनचाँदीको भाउ घट्यो


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मूल्य घटेसँगै आज बुधबार सुनको भाउ एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन मंगलबार एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।

यता आज चाँदीको मूल्य भने पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार आठ सयरुपैयाँमा कारोबार भइरहेको छ ।

पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
 

Copyright © 2024 | All rights reserved.