0
प्रतिक्रिया
पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा-५ मा नयाँ पदाधिकारी तथा सदस्यको पदस्थापना कार्यक्रमम सम्पन्न भएको छ ।
पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगर कमिटी इन्चार्ज दिलिप विक्रम शाहीले नवनिर्वाचित लक्ष्मण बराल नेतृत्वको कार्यसमितिलाई पदस्थापना गराएका हुन् ।
कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर नेपाली, प्रदेश कमिटी सदस्य तथा कास्की निर्वाचन क्षेत्र नं ३ (ख) इन्चार्ज उमा कोइरालालगायत सहभागी थिए ।
पार्टीको हालै सम्पन्न दोस्रो अधिवेशनले बरालको अध्यक्षतामा ४३ सदस्यीय कमिटी चुनेको थियो । कमिटी उपाध्यक्षमा पानप्रसाद तिमिल्सिना, सचिवमा वसन्त गौतम, उपसचिवमा माधव बास्तोला र आइए पराजुली छन् ।
Copyright © 2024 | All rights reserved.