बैशाख ०४, २०८२, बिहीबार

वुमन्स च्यालेन्जर कप टी-२० क्रिकेट प्रतियोगिता सुरु


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा दोस्रो वुमन्स च्यालेन्जर कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा अकला र विन्ध्यवासिनी विजयी भएका छन् ।

उद्घाटन खेलमा अकलाले बाराहीमाथि १० विकेटको जित हासिल गर्यो । ९८ रनको विजयी लक्ष्य पाएको अकलाले ९दशमलव४ ओभरमै पूरा गर्यो ।

जीतमा ओपनर सिर्जना पौडेलले ४६ रनको योगदान दिइन । सुस्मिता श्रेष्ठ १४ रन बनाउँदै अविजित रहिन् ।

यसअघि टस जितेर ब्याटिङ थालेको बाराहीले १९दशमलव१ ओभरमा ९७ बनाउँदा अलआउट हुन पुग्यो । बाराहीका लागि रिया तामाङले २४ रन बनाउँदै नटआउट रहिन् ।

यस्तै रिया गुरुङले ११ रन जोडिन् । अकलाका लागि सिर्जना पौडेलले सर्वाधिक ४ विकेट लिइन् । सुशिला डिमडोङले एक विकेट लिइन् । सिर्जना खेलको प्लेयर अफ दी म्याच घोषित भइन् ।

दोस्रो खेलमा विन्ध्यवासिनीले भद्रकालीलाई १ विकेटले हरायो । ८४ रनको विजयी लक्ष्य पाएको विन्ध्यवासिनीले १८दशमलव२ ओभरमा ९ विकेट गुमाउँदै जित हासिल गरेको हो ।

खेलको प्लयेर अफ दी म्याच विन्ध्यवासिनीकी चन्द्रमाया बराल घोषित भइन् । उनले ४ विकेट लिइन भने ५ रन जोडिन ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भद्रकालीले १९दशमलव२ ओभरमा ८३ रन बनाउँदै अलआउट भएको थियो प्रतियोगितामा चार टिमको सहभागिता छ ।

Copyright © 2024 | All rights reserved.