0
प्रतिक्रिया
पाेखरा। जाजरकोट केन्द्रबिन्दु भएर आज पनि भूकम्प गएको छ ।
बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्प ४दशमलव२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।
मंगलबार राति पनि ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियाे ।
त्यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
Copyright © 2024 | All rights reserved.