बैशाख ०४, २०८२, बिहीबार

विमान दुर्घटनामा ३८ जनाको मृत्यु


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । अजरबैजानको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु हुँदा २९ जना बाच्न सफल भएका छन् । ६७ जना सवार रहेको विमान कजाकिस्तानको अकताउ सहर नजिकै बुधबार दुर्घटना भएको थियो ।

कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेवका अनुसार दुई बच्चासहित २९ जनाको जीवितै उद्दार गरिएको हो । त्यसरी उद्दार गरिएकामध्ये ११ जनाको अवस्था भने गम्भीर रहेको उपप्रधानमन्त्री कनातले बताएका छन् ।

अजरवैजान एयरलाइन्सको फ्लाइट जेटू-८२४३ ले अजरवैजानको राजधानी बाकूबाट रुसी क्षेत्र चेचन्याको ग्रोजनीको उडान भरेको थियो ।

यद्यपि, अकताउबाट ३ किलोमिटरको दूरीमा आकस्मिक अवरण गराउन खोज्दा विमान दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा बाँचेकाहरुमध्ये कोही पनि आफ्ना कजाख नागरिक नरहेको उपप्रधानमन्त्री कनातले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.