बैशाख ०४, २०८२, बिहीबार

कस्तो रहला आजको मौसम ?


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ । 

पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Copyright © 2024 | All rights reserved.