बैशाख ०४, २०८२, बिहीबार

लागुऔषधसहित एक जना पक्राउ


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १ कस्केरीका ४१ वर्षीय आन्नद साई छन् ।

विशेष सूचनाका आधारमा मंगलबार राति करिब ८ बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले साईलाई पक्राउ गरेको हो ।

साईको घरकोठा खानतलासी गर्दा डाइजापाम ४८ एम्पूल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पूल र ब्रुफिनर्फिन २१ गरी जम्मा एक सय ३३ एम्पुल लागुऔषध र तीन सय ग्राम गाँजा बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका साईलाई जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा साद दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले बताए ।

Copyright © 2024 | All rights reserved.