0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।
बिहीबार सुनको भाउ एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
मूल्य बढेसँगै आज एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ एक लाख ४९ हजार असात सय रुपैयाँमा रहेको थियो ।
पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्को छ ।
आज चाँदी प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.