0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ पुस १३ गते शनिबार, इस्वीसंवत डिसेम्बर २७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको त्रयोदशी तिथि रातिमा २ः५८ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा साँझमा १०ः१५ त्यसपछि विशाखा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति ४० घटि २७ पलासम्म त्यसपछि शूल लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा अमृत रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २५ घटि ५२ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः२६ बजे र अस्ताउने समय भोलि दिनमा २ः५१ बजे रहेको छ । आज शनि प्रदोष व्रत गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेष : आज समय खराब रहनेछ । समयको ख्याल नगर्दा वा सानातिना काममा अल्भेर बस्दा महत्वपूर्ण काम थाती रहनेछन् । बाटो हिँड्दा वा सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावसायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
मिथुन : आज समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग छ । नयाँ सवारीसाधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना छ ।
कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग, ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने काम थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग छ, ध्यान दिनुहोला ।
सिंह : आज समय शुभ छैन । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काममा हस्तक्षेप गर्ने सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगी कमै भेटिनेछन् । परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ ।
कन्या : आज भने समय अत्यन्त शुभ छ । पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ । व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ । साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।
तुला : आज भने समय अत्यन्तै खराब छ । सानातिना व्यवहारमै अल्झनुपर्ला । आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।
वृश्चिक : आज समय अत्यन्तै राम्रो छ । व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्यमय रहेकोले सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु : आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकर : आज स्वास्थ्य सबल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।
कुम्भ : आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।
मीन : आज पनि समय मध्यम खालको छ । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।
Copyright © 2024 | All rights reserved.