बैशाख ०४, २०८२, बिहीबार

मोटरसाइकल दुर्घटनामा कांग्रेस पाेखरा-२३ का सभापति भण्डारी घाइते


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २३ लौरुक खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा पूर्व जनप्रतिनिधि भरतराज भण्डारी गम्भीर घाइते भएका छन् ।

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-२३ का सभापतिसमेत रहेका भण्डारी पार्टीको सय दिने विशेष अभियान कार्यक्रममा सहभागी भएर फर्किने क्रममा शनिबार साँझ दुर्घटनामा परेका हुन् ।

उनको मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

चंखपुरस्थित रेष्टुरेन्टका सञ्चालक समेत रहेका भण्डारीको मुख र अनुहारमा गम्भीर चोट लागेकाले अपरेशन गर्ने तयारी भइरहेको बताइन्छ ।
कच्ची त्यसैमाथि जीर्ण सडकका रहेका कारण भण्डारी दुर्घटनामा परेको हुन सक्ने बताइएको छ ।

दुर्घटनापछि उनी खोला किनारमा पुगेका थिए । भण्डारीकै पछाडि मोटरसाइकलमा पोखरा आउँदै गरेका पोखरा-२३ का वडाध्यक्ष रामकाजी गुरुङ र कांग्रेस नेता भेषराज पराजुलीले देखेर उद्दार गरी एम्वुलेन्समार्फत मणिपाल शिक्षण अस्पताल पठाएका थिए ।

Copyright © 2024 | All rights reserved.