0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ पुस १५ गते सोमबार, इस्वीसंवत डिसेम्बर ३० तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको अमावश्य अर्थात औंशी तिथि रातिमा ४ः१२ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा मूल रातिमा १२ः४३ त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि ३७ घटि ३ पलासम्म त्यसपछि ध्रुव लाग्नेछ । करणमा चतुष्पद रहनेछ । आनन्दादि योगमा धनु रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २५ घटि ५३ पला अर्थात १० घण्टा २५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५६ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः२४ बजे र अस्ताउने समय दिनमा ४ः३४ बजे रहेको छ । आज तमु ल्होसार, सोमबारे औँशी, कवि शिरोमणि लेखनाथ जयन्ती रहेको छ ।
आजको राशिफल
मेष : आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोत फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला ।
वृष : आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयास व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पूर्व दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
मिथुन : आज स्वास्थ्य मजवुद रहनेछ, टाढाबाट धन प्राप्ति हुनेछ, यश कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमा आफ्नो जीत हुनेछ, सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, आफन्तको आगमनले घरमा नयाँ चहलपहल हुनेछ, समयको उचित सदुपयोग गरी कार्य गर्नुहोला ।
कर्कट : आज एक्कासि धन लाभका अवसर मिल्न सक्नेछन्, मानसम्मान प्राप्त हुन सक्नेछ, जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ, समय अत्यन्तै शुभ रहेको छ सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ ।
सिंह : आज स्वास्थ्य ठीकठाक रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ, खानामा गडबढी हुन सक्नेछ, कम्मर दुख्ने, शूल रोगले सताउन सक्नेछ, व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।
कन्या : आज स्वास्थ्य भरपर्दो रहने छैन, खानपिनमा ध्यान पुर्याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।
तुला : आज पनि दिन शुभ छ, कसैसँग पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने छ, सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ, परिवारका सदस्यको सहयोग राम्रै पाइनेछ, आज जे काम गर्न बाँकी छन् गराई हाल्नुहोला ।
वृश्चिक : आज पनि दिन खराब छ, आफन्त इष्टमित्र नै बिघ्नबाधा पार्नेवाला भेटिनेछन्, मानसिक चञ्चलता, गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा मात्रै देखा पर्नेछन्, सोचेका काममा उल्टा-उल्टा परिणाम आउने अवस्था छ, शरीर जोगाई सतर्क रहँदै दिन बिताउनु होला ।
धनु : आज पनि दिन अत्यन्तै शुभ छ, एक्कासि आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे-जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।
मकर : आज पनि समय त्यति राम्रो छैन, खाने कुरामा गडबढी, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असरसमेत पार्ने देखिन्छ, सचेत रहनुहोला ।
कुम्भ : आज पनि समय शुभ छ, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ, बिरामी हुनुहुन्छ भने आजबाट स्वास्थ्यमा सुधार आउनेछ, उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ, घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा आफ्नो जीत हुनेछ ।
मीन : आज पनि समय मध्यम खालको छ, स्वास्थ्यको हिसाबले राम्रै छ, सोचेको केही काम अधुरा रहने छन्, गर्न खोजेका काममा ढिलासुस्तीसमेत हुनेछ, शिरमा चोट लाग्न सक्छ, कुनै महिलासँगको विवादमा झगडा पर्ने सम्भावना बलियो छ ।
Copyright © 2024 | All rights reserved.