0
प्रतिक्रिया
पोखरा । ढिकुरपोखरी समाज पोखराको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित भएकी छन् । समाजको शनिबार सम्पन्न १७औं वार्षिक साधारणसभाले लक्ष्मी अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा गणेशप्रसाद अधिकारी, कोषाध्यक्षमा रमा पौडेल र सहसचिवमा कृष्णप्रसाद दाहाल छन् ।
यसैगरी कार्यसमिति सदस्यमा पुरन विश्वकर्मा, चेतनाथ भण्डारी, पुष्पराज भण्डारी, धर्मदत्त अधिकारी, रामकुमारी अधिकारी, खिमा भण्डारी, सूर्यमोहन भण्डारी, कृष्णप्रसाद पौडेल, दिवाकर पौडेल छन् ।
यसअघि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले कार्यक्रम शुभारम्भ गर्दै सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने भएकाले देश निर्माणमा महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, समाजका पूर्वअध्यक्ष रामचन्द्र पौडेल, लोकराज भण्डारी, आशबहादुर गुरूङ, बाबुराम भण्डारी, सल्लाहकार कुलबहादुर गुरूङ (कुलु), अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेल, आजीवन अम्बिका अधिकारी, नारायण भण्डारी, रेडक्रसका रमेश भण्डारी, धारापानी माविका प्रधानाध्यापक यमप्रसाद भण्डारी, सचिव लोकनाथ भण्डारी, कोषाध्यक्ष कृष्णप्रसाद दाहाललगायतले बोलेका थिए ।
कार्यक्रममा समाजका सदस्य हरिशचन्द्र भण्डारी तथा कक्षा १२ उत्तीर्ण समाजमा आबद्ध सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.