0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ नागढुंगास्थित फेवासिटी हस्पिटल सञ्चालक समितिको अध्यक्षमा सर्वजित अधिकारी निर्वाचित भएका छन् ।
हस्पिटलको २५औंँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट अधिकारी सञ्चालकमा चुनिएका थिए ।
हस्पिटल सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा सर्वजित अधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।
अधिकारी अस्पतालका संस्थापक मध्येकै हुन् ।
सञ्चालक समितिमा डाक्टर सुरेश थापा, डाक्टर भोजराज न्यौपाने, डाक्टर ध्रुवबहादुर अधिकारी, डाक्टर टुमाया घले, दिनेशबाबु खड्का र हरिबहादुर केसी छन् ।
अस्पतालका निवर्तमान अध्यक्ष चण्डिका पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका संस्थापक अध्यक्ष प्राडा बुद्धिबहादुर थापाले नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य दिनेशबाबु खड्काले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.