बैशाख ०४, २०८२, बिहीबार

घाँस काट्ने क्रममा भिरबाट लडेर भूमीसराको घटनास्थलमै मृत्यु


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । डोटीमा भिरबाट लडेर सोमबार एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जोरायल गाउँपालिका वडा नं ३ पातलकी ३९ वर्षीया भूमीसरा खड्का छन् । 

सोमबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार भिरमा घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन् ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.