0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ र ३० स्थित जनता बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमका पहिलो रक्तदाता दयाराज भण्डारीलाई बल्डब्याग हस्तान्तरण गर्दै पोखरा-३० का वडाध्यक्ष दुर्गा सुवेदीले दानमध्यको सबैभन्दा ठूलो दान रक्तदान भएको बताए ।
दुर्घटनामा परेका व्यक्तिदेखि आपतविपतमा परेकाको ज्यान जोगाउन रगतकै माग हुने भएकाले रक्तदान कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष कुलबहादुर रानाभाट, पूर्वअध्यक्ष शोभामोहन पौडेल, पावरहाउस बजार व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र गुरुङ, शेयर सदस्यको तर्फबाट दिपकराम ढेवाजुलगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भरतराज ओझाले सञ्चालन गरेका थिए भने स्वागत कार्यक्रम संयोजक सर्मिला श्रेष्ठले गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.