0
प्रतिक्रिया
वासिङ्टन । अमेरिकी सहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा आक्रमणकारीले पिकअप ट्रकले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
उक्त घटनामा ३५ जना घाइते भएको सहर प्रशासनले बुधबार जानकारी दिएको छ ।
“आठौँ डिस्ट्रिक्टले हाल क्यानल र बर्बन स्ट्रिटमा एउटा ठूलो भीडमाथि सवारी साधनले ठक्कर दिएको एक सामूहिक हताहत घटनामा काम गरिरहेको छ । ३५ जना घाइते छन् र १० जनाको मृत्यु भएको छ”, न्यू अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले एक विज्ञप्तिमा भनेको छ ।
उक्त घटना बुधबार बिहान ३ः१५ बजेको हो । फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।
अमेरिकी सञ्चार माध्यम सीबीएस न्युजले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।
Copyright © 2024 | All rights reserved.