0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै सुनको भाउ आज एक लाख ५३ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा बजारमा भने सुनको भाउ एक लाख ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यता, आज चाँदी एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा चाँदी एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.