0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्तर्गतको टेक एज गल्र्स ट्याग नेपाल परियोजनावारे छलफल भएको छ ।
छलफलमा सहभागी नेपाल सरकारका पूर्व गृह, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको हितमा आफू सधैँ सकारात्मक रहेको बताए ।
कार्यक्रममा पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्ग, पोखरा-३२ का कार्यवाहक अध्यक्ष रवि तिवारी, पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, पोखरा-३० का वडाध्यक्ष दुर्गा सुवेदी, डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज श्रवणकुमार विक, दीपशिखा महिला सहकारी अध्यक्ष शिवकुमारी सुवेदी, रिड नेपालका प्रतिनिधि सिनियरप प्रोजेक्ट कोअर्डिनेटर भाग्यश्री विष्ट, प्रोजेक्ट सहायक दीक्षा अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, युवा क्लब, पुस्तकालय व्यवस्थापन समिति पदाधिकारी, शहरी स्वस्थ्यका प्रतिनिधि, कर्मचारी, ट्याग मेन्टर, ट्याग किशोरीलगायत सरोकारवाला सहभागी थिए ।
कार्यक्रमका वक्ताले लक्षित समुदायका विद्यालयबाट पीछडिएका, प्रविधिको पहुँच नपुगेका, अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोरी प्रत्यक्ष रुपमा लाभान्वित भएकाले परियोजनाको निरन्तरताको आवश्यकता औंल्याए ।
विगत दुई वर्षदेखि निरन्तर रही पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्स परियोजनाको प्रभाव राम्रो रहेकाले आफूहरु यसको निरन्तरताका लागि सहयोग गर्न तयार रहेको वडाध्यक्षहरुको भनाइ थियो ।
पुस्तकालयमा निःशुल्क रुपमा शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, महिला सशक्तीकरण, जलवायु परिर्वतन, विपद् व्यवस्थापनका साथै विभिन्न सीपमूलक तालिमसमेत सञ्चालनमा आएका छन् । कार्यक्रम सञ्चालन पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले गरेका थिए ।
दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.