पुस २३, २०८१, मंगलबार

२०८१ पुस २० गते शनिबार : तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 3 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ पुस २० गते शनिबार, इस्वीसंवत जनवरी ४ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको पञ्चमी तिथि रातिमा ११ः०३ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा रातिमा १०ः५० त्यसपछि पूर्वभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि १२ घटि ४६ पलासम्म त्यसपछि व्यतिपात लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा आनन्द रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा कुम्भ राशिमा अहोरात्र रहनेछ । आज दिनमान २५ घटि ५९ पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५७ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा १०ः१० बजे र अस्ताउने समय रातिमा ९ः५४ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँनयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूलसम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासँग गाँसिएका काममा लगानी हुन सक्नेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृष : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

मिथुन : आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधि उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म पूर्व दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

कर्कट : आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पूर्व दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

सिंह : आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

कन्या : आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

तुला : आज समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

वृश्चिक : आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

धनु : आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी उत्तर दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ ।

मकर : आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ ।

कुम्भ : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

मीन : आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यात्रामा समेत झमेला हुन सक्नेछ । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोत बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसँग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ । समय अत्यन्त खराब रहने भएकाले सबै कार्यमा सतर्क हुन आवश्यक छ ।

साइत : सूर्य धनु राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले आज दक्षिण र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५३ बजेदेखि ८ः११ बजेसम्म काल बेला
बिहान ८ः११ बजेदेखि ९ः२९ बजेसम्म शुभ बेला
बिहान ९ः२९ बजेदेखि १०ः४७ बजेसम्म रोग बेला
बिहान १०ः४७ बजेदेखि १२ः०५ बजेसम्म उद्धेग बेला
दिनमा १२ः०५ बजेदेखि १ः२३ बजेसम्म चर बेला
दिनमा १ः२३ बजेदेखि २ः४१ बजेसम्म लाभ बेला
दिनमा २ः४१ बजेदेखि ३ः५९ बजेसम्म अमृत बेला
दिनमा ३ः५९ बजेदेखि ५ः१७ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१७ बजेदेखि ६ः५९ बजेसम्म शुभ बेला
साँझ ६ः५९ बजेदेखि ८ः४१ बजेसम्म रोग बेला
राति ८ः४१ बजेदेखि १०ः२३ बजेसम्म उद्धेग बेला
राति १०ः२३ बजेदेखि १२ः०५ बजेसम्म चर बेला
राति १२ः०५ बजेदेखि १ः४७ बजेसम्म लाभ बेला
राति १ः४७ बजेदेखि ३ः२९ बजेसम्म अमृत बेला
रातिमा ३ः२९ बजेदेखि ०५ः११ बजेसम्म काल बेला
रातिमा ०५ः११ बजेदेखि ६ः५३ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि दिनमा १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.