पुस २३, २०८१, मंगलबार

आज देशभरको मौसम कस्तो रहला ?


Advertisement Image
clock icon 3 days, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले पोखरामा चिसो कायमै छ ।

पोखरामा आज बिहान करिब ८ बजेको तापक्रम ९ डिग्री सेल्सियस छ । यो तापक्रम आज ८ डिग्री सेल्सियससम्म झर्ने र अधिकतम् २० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ । राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Copyright © 2024 | All rights reserved.