पुस २४, २०८१, बुधबार

आज श्रीगणेशको प्रिय दिन, राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 1 day, 9 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ पुस २३ गते मंगलबार, इस्वीसंवत जनवरी ७ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको अष्टमी तिथि दिनमा ४ः२३ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा रेवति साँझमा ६ः१४ त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव ४२ घटि ३५ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ०३ पला अर्थात १० घण्टा २९ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५८ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः४८ बजे र अस्ताउने समय रातिमा १२ः०० बजे रहेको छ । आज भौमाष्टमी व्रत गर्ने र गोरखकाली पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल 

मेष : आज समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आटेका, शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने छन् । ठूलो लगानी नगर्नु नै वेस हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ ।

वृष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिने देखिन्छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रममा दिन बित्नेछ । पुराना इष्टमित्र एक्कासि भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ, त्यसैले नयाँ व्यवसायमा लगानी आजै गर्नुहोला ।

मिथुन : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

कर्कट : आज समय खराब छ । आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधि उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

सिंह : आज पनि समय शुभ छैन । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज उत्तर दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

कन्या : आज समय राम्रै छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यबारे ढुक्क हुनुहोस् । ठूलो खराबी केही हुनेवाला छैन । तर खान पाइयो भनेर खीर धेरै नखानुहोला । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । नयाँ पुराना धेरै मित्र भेट्न पनि पाइने छ । निष्कर्षमा तपाईंलाई आज सबै प्रकारले राम्रो हुन सक्ने देखिन्छ ।

वृश्चिक : आज आफन्त पर्ने व्यक्ति नै बाधा पुर्‍याउने देखिन्छ । मनमा ढुक्कपन नहुने, जे काम गर्न खोज्यो विना पैसा काम नबन्ने देखिन्छ । पेट वा शरीरको कुनै भागमा चोट लाग्ने बलियो सम्भावना छ । गाडी चलाउँदा विशेष ख्याल गर्नु होला । कडा परिश्रम नगरी नहुने भए पनि समयमा खाना खान नपाइने वा गड्बढीको सम्भावना बलियो छ ।

धनु : आज समय अत्यन्तै खराब छ । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

मकर : आज स्वास्थ्य मध्यम राम्रो रहनेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । आवश्यक पर्ने पैसाको जोहो, मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । मीष्ठान्न भोजन समेत मिल्ने देखिन्छ ।

कुम्भ : आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बढीको सम्भावना बलियो छ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

मीन : आज पदीय प्रमोशन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनु हुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ ।

साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले आज पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)
बिहान ६ः५५ बजेदेखि ८ः१४ बजेसम्म रोग बेला
बिहान ८ः१४ बजेदेखि ९ः३२ बजेसम्म उद्धेग बेला
बिहान ९ः३२ बजेदेखि १०ः५१ बजेसम्म चर बेला
बिहान १०ः५१ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
दिनमा १२ः१० बजेदेखि १ः२८ बजेसम्म अमृत बेला
दिनमा १ः२८ बजेदेखि २ः४७ बजेसम्म काल बेला
दिनमा २ः४७ बजेदेखि ४ः०६ बजेसम्म शुभ बेला
दिनमा ४ः०६ बजेदेखि ५ः२४ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः२४ बजेदेखि ७ः०६ बजेसम्म उद्धेग बेला
साँझ ७ः०६ बजेदेखि ८ः४१ बजेसम्म चर बेला
राति ८ः४७ बजेदेखि १०ः२८ बजेसम्म लाभ बेला
राति १०ः२८ बजेदेखि १२ः१० बजेसम्म अमृत बेला
राति १२ः१० बजेदेखि १ः५१ बजेसम्म काल बेला
राति १ः५१ बजेदेखि ३ः३२ बजेसम्म शुभ बेला
रातिमा ३ः३२ बजेदेखि ०५ः१४ बजेसम्म रोग बेला
रातिमा ०५ः१४ बजेदेखि ६ः५५ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि साँझमा ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.