0
प्रतिक्रिया
पोखरा । चीनमा आज बिहानै शक्तिशाली भूकम्प गएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर सात म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नेपालमा पनि आइपुगेको छ ।
संघीय राजधानी काठमाडौँसहित केही हिमाली तथा पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी घरबाहिर निस्केका थिए ।
भूकम्पको धक्का बंगलादेश, भुटान, भारतमा पनि परेको बताइएको छ ।
भूकम्पबाट भएका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
चिनियाँ सञ्चार माध्यमले पनि भूकम्प गएको समाचार प्रशारण गरेका छन् ।
तर क्षतिको विवरण प्राप्त नभएको जनाएका छन् ।
Copyright © 2024 | All rights reserved.