पुस २५, २०८१, बिहीबार

शक्तिशाली भूकम्पबाट कम्तीमा ५३ को मृत्यु


Advertisement Image
clock icon 1 day, 18 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दू भएर गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ६२ जना घाइते भएका छन् । सिन्ह्वाले ६दशमलव८ रेक्टर स्केल बताएको छ भने बीबीसीले भने ७ दशमलव १ रेक्टर स्केल भनिरहेको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समयअनुसार बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा ७दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

दिङ्गे काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालसँगै भारत र भुटानमासमेत भूकम्पबाट क्षति भएको छ । यकिन बिवरण आइसकेको छैन । यद्यपि असर भने परेको छ । काठमाडौँसम्मै लामो समय हल्लाउँदा मानिसहरु आत्तिएर घर बाहिर निस्केका थिए ।

नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर ससाना पराकम्पन आइरहेका छन् ।

Copyright © 2024 | All rights reserved.