बैशाख ०४, २०८२, बिहीबार

प्रेस सेन्टर नेपालकाे अध्यक्षमा हुम गुरुङ


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रेस सेन्टर नेपाल पोखरा महानगर समितिको अध्यक्षमा हुम गुरुङ सर्वसम्वत चयन भएका छन् ।

बुधबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वितीय उपाध्यक्षमा शिव जंग क्षेत्री, कोषाध्यक्षमा सरिता तामाङ, सचिवमा प्रकाश अधिकारी र सहसचिवमा दिलिप भण्डारी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा गीता तिवारी, एलिसा थापा, रवि भण्डारी र दक्ष गुरुङ छन् ।

यसअघि समितिका अध्यक्ष शिवप्रसाद बस्ताकोटी ‘शिवदाई’ को अध्यक्षतामा भएको कार्यक्रमको सचिव हिमलाल पौडेलले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.