0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव एवं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिदै विद्यालय अघि बढ्नुपर्नेमा जोड दिए । विद्यालयलाई वडाका तर्फबाट साथ र सहयोग गर्ने उनले स्पष्ट पारे ।
विद्यालय व्यवस्थापक समिति अध्यक्ष ओमबहादुर गुरुङले विद्यालयको समग्र विकासका लागि समाजका सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए ।
विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदीले विद्यालयको भौतिक एवं शैक्षिक अवस्था बारे जानकारी गराए ।
कार्यक्रममा भवन निर्माण सहयोग दाता दारुमाया गुरुङ, संस्थापक सदस्य एवं पूर्वअध्यक्ष दलबहादुर गुरुङ, मिलिजुली समाज मजुवा, विद्यालयका प्रधानाध्यापक दोर्णराज सुवेदी, शिक्षक सुष्मिता गुरुङलाई सम्मान गरिएको थियो ।
यस्तै चन्दादाता धनबहादुर थापा, डिलबहादुर पुन, सु.तुलबहादुर गुरुङ, ज्योति लामा, शिक्षक अभिभावक संघका सदस्य बीरबहादुर लामा, समाजसेवी विन्दुकुमारी भण्डारी, शिक्षक-अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका साथै विभिन्न विधाका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट विद्यार्थीलाई मञ्जु बराल पौडेल स्मृति छात्रबृत्ति आदिबाट पनि विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लालसुव्वा गुरुङ, पत्रकार वासुदेव पौडेल, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष नरेन्द्र रेग्मी, नेपाल शिक्षक संघ कास्कीका अर्थ सचिव निर्मल आचार्य, वडा शिक्षा समिति सदस्य शिवजी लामिछाने, समाजसेवी शरणकुमार प्रधान, मणिराम कंडेल, ढुण्डीराज पौडेल, डिलबहादुर गुरुङ, श्रीराम पन्थीलगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक विष्णुबहादुर बस्नेत, गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेल, प्रधानाध्यापक मोहनराज बराल, खेमराज अधिकारीलगायत विभिन्न शिक्षासेवी, समाजसेवी तथा अभिभभावक सहभागी थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन शिक्षकद्वय ओमबहादर थापा क्षेत्री र वसन्ती सुनारले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.