बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुन एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुनको भाउ बुधबार एक लाख ५२ हजार पाँच सय रुपैयाँ थियो ।

आज पोखरा बजारमा सुन एक लाख ५३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।

यता, आज असली चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ थियो ।

आज पोखरा बजारमा भने चाँदी एक हजार आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.