पुस २६, २०८१, शुक्रबार

पूर्वडीआइजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश


Advertisement Image
clock icon 13 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएको छ ।

जिल्ला अदालत कास्कीले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रावि लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

कास्की जिल्ला अदालतमा यही पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेकोमा आज सकिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको थियो ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।

Copyright © 2024 | All rights reserved.