पुस २६, २०८१, शुक्रबार

लेखनाथ महोत्सवमा एकै दिन १५ हजार दर्शक


Advertisement Image
clock icon 11 hours, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा २७ तालचोकमा जारी २०औँ लेखनाथ महोत्सव जारी छ ।

महोत्सव चलिरहँदा आठौँ दिनमा करिब ४० लाखसहित हालसम्म तीन करोड ७५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा दर्शकको चाप पनि बढ्दै गएकामा बिहीबार मात्रै १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।

महोत्सवको आठौँ दिन बिहीबार कलाकार राजु गुरुङ, पूर्णकला बिसी, जीवन दाहाल, पार्वती जिसी, रामजी पौडेल, रामप्रसाद ढकाल र वसन्ती थापाले प्रस्तुति दिएका थिए ।

यस्तै हास्य कलाकार युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुतिले दर्शकलाई हसाएका थिए ।

बिहीबार साँझको कन्सर्टमा गायक आशिष राना ‘लाउरे’ को प्रस्तुतिले स्टेज तताएको थियो । लाउरेको प्रस्तुति हेर्न महोत्सवमा युवायुवतिको उल्लेख्य सहभागिता थियो ।

महोत्सवमा आयोजित युगल नृत्य प्रतियोगिताअन्र्तगत २४ जोडीमध्ये आठ जोडी सेमीफाइनलमा पुगेका छन् ।

महोत्सवमा गाडीदेखि साडीसम्म र नुनदेखि सुनसम्म एकै ठाउँमा पाइने भएपछि उत्पादक र उपभोक्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिइएको छ ।

महोत्सवमा शुक्रबार कलाकार पुष्कल शर्मा, सम्झना लामिछाने मगर, कुमार पुन, जीवन दाहाल शिवहरि ढुंगाना, ईन्द्र गुरुङ, मीरा पोखरेल, अमर धितालको प्रस्तुति रहनेछ ।

साँझको कन्सर्टमा दुर्गेष थापा र अस्मिता अधिकारीको प्रस्तुति रहने कलाकार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.