पुस २६, २०८१, शुक्रबार

भूपू सैनिक मिलन केन्द्र पोखरा-२६ को अध्यक्षमा अधिकारी


Advertisement Image
clock icon 8 hours, 19 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भूपू सैनिक मिलन केन्द्र पोखरा-२६ को अध्यक्षमा राजु अधिकारी चयन भएका छन् । संस्थाको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा वसन्त बञ्जरा, सचिवमा टिकाबहादुर केसी, सहसचिवमा नारायण रानाभाट, कोषाध्यक्षमा वीरबहादुर रानाभाट, सहकोषाध्यक्षमा राम राजभाट छन् ।

यस्तै कार्यसमिति सदस्यमा तारानाथ पौडेल, मनप्रसाद अधिकारी र जागेश्वर पौडेल छन् ।

यसैगरी सल्लाहकारमा पूर्वअध्यक्ष हितबहादुर थापा, निवर्तमान अध्यक्ष दलप्रसाद थापा, भीमप्रसाद लामिछाने, पोखरा-२६ वडासदस्य तीर्थ राजभाट र ओमबहादुर वञ्जरा छन् ।

Copyright © 2024 | All rights reserved.