पुस २६, २०८१, शुक्रबार

खाष्टे सहकारीको १४औँ साधारणसभा


Advertisement Image
clock icon 4 hours, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थिते खाष्टे बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा संस्थाका शेयर सदस्यलाई सम्मान गरिएको छ ।

सहकारीका क्षेत्रमा फैलाइएका नकारात्मक घटना क्रमका अवस्थामा पनि खाष्टे सहकारीप्रति सेयर सदस्यले देखाएको सद्भाव र साझा एकतालाई मध्यनजर गर्दै असल सहकारी अभ्यासमा सहभागी सेयर सदस्यलाई सम्मान गरिएको हो ।

सहकारीले नीति नियममा बसेर असल ऋणिको तर्फबाट कल्पना पुर्जा, असल बचतकर्ताको तर्फबाट सरबहादुर भुजेल, ज्येष्ठ सदस्य रोहिणी अधिकारी र सेतु अधिकारीलाई सम्मान गरिएको हो । 

यस्तै सेयर सदस्यका छोरा छोरीमध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल मनिषा बराल र स्वकार रानाभाटलाई सम्मान गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखाका अध्यक्ष रविरमण तिवारीले सहकारीले आम शेयर सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पाटोको विकास गराउँदै सदस्यका विच मेलमिलाप र एकापसमा सहयोगको भावना सृजना गर्नु पर्नेमा जोड दिए । 

जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाले नेपाल कृषि प्रदान देश भएर पनि सरकारले तल्लो वर्गका किसानलाई माथि उठाउने गरी योजना ल्याउन नसकेकोमा दुःख व्यक्त गरे । 

कृषि उत्पादनले मात्र देशको आर्थिक अवस्थालाई सुधार गर्न सक्ने र जनताको आय स्तरमा पनि सुधार हुने भएकाले अब सहकारीले पैसा बेचेर होइन सेवा र वस्तु बच्नेतर्पm योजना बनाउनु आवश्यक रहेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लमिछाने, जल्धारे सहकारीका अध्यक्ष विष्णुप्रसाद बराल, मार्गदर्शन कृषि सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठीलगायतले एक सहकारी, एक उत्पादनको अवधारणा ल्याउने हो भने स्वदेशमा नै रोजगारको अवस्थादेखि शेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष शिवजी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती तिवारीले स्वागत र  सञ्चालन लेखा सुपरीवेक्षण समिति सदस्य वीरेन्द्र दाहालले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.