बैशाख ०४, २०८२, बिहीबार

२०८१ पुस २७ गते शनिबारः तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ पुस २७ गते शनिबार, इस्वीसंवत जनवरी ११ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको द्धादशी तिथि बिहानमा ७ः४१ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी दिनमा १२ः२१ त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुभ१२ घटि ५० पलासम्म त्यसपछि ब्रह्म लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २६ घटि १० पला अर्थात १० घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५८ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः४४ बजे र अस्ताउने समय रातिमा ४ः२४ बजे रहेको छ । आज पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस र शनि प्रदोष व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराब रहनेछ । अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्कालका लागि लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्छ ।

वृष : आज समय अत्यन्तै शुभ छ । व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिने छ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । आज उत्तरतर्फको यात्रासमेत फलदायी हुनेछ ।

मिथुन : आज समय राम्रो छैन । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्नेछ । अनावश्यक साइनो गाँस्नेसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । आज सकभर टाढाको त्यसमाथि पनि पूर्वतर्फको यात्रा नगर्नुहोला ।

कर्कट : आज समय महत्वपूर्ण छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् ।

सिंह : आज समय ज्यादा खराब छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ने देखिन्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ । आज आर्थिक कारोबारले पनि समस्या निम्त्याउने ग्रहगोचर देखिन्छ ।

कन्या : आज आज समय शुभ छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा सफल हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ ।

तुला : आज समय मध्यम खालको छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः झुक्ने छन् । यात्रामा निकै सतर्क हुनुहोला । तपाइँको हातबाट कारोबार नगर्नुहोला ।

वृश्चिक : आज आज समय भरपर्दो छैन । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्नेछ । दैनिक कार्यमा समय दिन नसक्दा काम बिग्रन सक्छ । व्यापारमा लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।

धनु : आज समय राम्रो रहने छैन । शत्रु पक्ष सबल रहनेछ, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । तपाइँलाई पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने ग्रह योग रहेकाले सतर्क रहन आवश्यक छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानै प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, धार्मिक यात्रा गर्ने इच्छा जागेर आउने छ । सन्ताको प्रगतिले परिवारमा खुशीयाली छाउने छ ।

कुम्भ : आज दिन तथा समय राम्रा छन् । दिन प्रेमिल रहने छ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । इमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने भने मन पनि प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आज सुरु गरेका कामले राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मीन : आज समय खराब नै रहनेछन् । व्ययभार बढ्नेछ, आफन्तमा असमझ्दारी रहनुका साथै प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंँग मनमुटाव बढ्ने देखिन्छ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । आज खानेकुरामा पनि विशेष ध्यान दिनुहोला ।

साहित : सूर्य धनु राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले आज दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आजपूर्व, पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५५ बजेदेखि ८ः१४ बजेसम्म काल बेला
बिहान ८ः१४ बजेदेखि ९ः३२ बजेसम्म शुभ बेला
बिहान ९ः३२ बजेदेखि १०ः५१ बजेसम्म रोग बेला
बिहान १०ः५१ बजेदेखि १२ः१० बजेसम्म उद्धेग बेला
दिनमा १२ः१० बजेदेखि १ः२८ बजेसम्म चर बेला
दिनमा १ः२८ बजेदेखि २ः४७ बजेसम्म लाभ बेला
दिनमा २ः४७ बजेदेखि ४ः०६ बजेसम्म अमृत बेला
दिनमा ४ः०६ बजेदेखि ५ः२४ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः२४ बजेदेखि ७ः०६ बजेसम्म शुभ बेला
साँझ ७ः०६ बजेदेखि ८ः४७ बजेसम्म रोग बेला
राति ८ः४७ बजेदेखि १०ः२८ बजेसम्म उद्धेग बेला
राति १०ः२८ बजेदेखि १२ः१० बजेसम्म चर बेला
राति १२ः१० बजेदेखि १ः५१ बजेसम्म लाभ बेला
राति १ः५१ बजेदेखि ३ः३२ बजेसम्म अमृत बेला
रातिमा ३ः३२ बजेदेखि ०५ः१४ बजेसम्म काल बेला
रातिमा ०५ः१४ बजेदेखि ६ः५५ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.