0
प्रतिक्रिया
पाेखरा। लमजुङ केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्पको तीव्रता ३दशमलव६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।
पुस महिनामा लगातार भूकम्प गइरहेका छन् । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४दशमलव४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस्तै, पुस १८ गते सिन्धुपाल्चोकमा ४दशमलव८ म्याग्निच्युडको भूकम्प गएको थियो भने १६ गते बैतडी केन्द्रबिन्दु भएर ४दशमलव६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Copyright © 2024 | All rights reserved.