0
प्रतिक्रिया
मुस्ताङ । मुस्ताङमा माछा पोखरीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थासाङ गाउँपालिका वडा नं २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचन छन् ।
उनी आफ्नै घर अगाडि रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
माछालाई दाना दिन जाने क्रममा चिप्लिएर लडी उनी पोखरीमा डुब्न पुगेको प्रहरीको आकलन छ ।
घटनाको सूचनापछि प्रहरी चौकी कोवाङबाट प्रहरी सहायक निरीक्षक डिलबहादुर भण्डारीको कमाण्डमा टोली खटिएर घटनास्थलको निरीक्षण, मुचुल्का संकलन गरेको थियो ।
गौचनको शव जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.