बैशाख ०४, २०८२, बिहीबार

अमेरिकामा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्याे


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अमेरिकाको लस एन्जलिसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् ।

अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए । यस आगलागीका कारण इटन क्षेत्रमा १६ जनाको मृत्यु भएको छ भने पालिसेडेस क्षेत्रमा छ जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रकले अझै तीन ठाउँमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

यसैबीच क्यालिफोर्नियाका मौसमविद्ले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन् । उक्त क्षेत्रमा तीव्र हावा चल्ने भएकाले यो साता आगलागी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ ।

आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ ।

Copyright © 2024 | All rights reserved.