0
प्रतिक्रिया
हेमजा । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा चार दिने महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
वडा कार्यालय पोखरा-२५ को सहयोगमा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाले संयुक्त रुपमा वडा स्तरीय तालिम आयोजना गरेका हुन् ।
समापन कार्यक्रममा वडाध्यक्ष मोतीलाल तिम्सिनाले तालिमले जीवनोपयोगी शिक्षा प्रदान गरेको दावी गरे । उनले जीवनमा नजानेका कुरा पनि तालिमले सिकाएको बताए ।
कार्यक्रममा महानगरका कार्यपालिका सदस्य एवं वडासदस्य धनकुमारी पोख्रेल तिम्सिना, कृष्ण कुँवर, सुवास भण्डारी, तारा विकलगायत सहभागी थिए ।
सहभागीलाई मासुको अचार, मेथीको अचारलगायत विभिन्न अचारका परिकार बनाउने तालिम प्रदान गरिएको महिला सञ्जालकी कोषाध्यक्ष शोभा कोइराला त्रिपाठीले जानकारी दिइन् । सहभागीलाई हेमजाकी कमला श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
सोही अवसरमा व्यक्तित्व विकासका लागि उद्घाेषण तालिम पनि दिइएको थियो । तालिममा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भीम श्रेष्ठले सहजीकरण गरेका थिए ।
महिला सञ्जालकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रीता पौडेले त्रिपाठीले स्वागत, सञ्चालन बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र सचिव गंगा त्रिपाठी हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेल गरेका थिए ।
Copyright © 2024 | All rights reserved.