बैशाख ०४, २०८२, बिहीबार

पोखरा महोत्सवमा लोक नृत्य प्रतियोगिता हुने


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा जारी १३औंँ पोखरा महोत्सवमा बुधबारदेखि विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

कुल १४ टीमको सहभागिता रहने प्रतियोगितामा पहिलो दिन बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यमिक विद्यालय, सेन्टमेरिज स्कुल, अमरसिंह माध्यमिक विद्यालय (बी) बीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड इङ्लिस बोर्डिङ स्कुल र ज्ञानगंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुने छ ।

माघ ४ गते बेसलाइन इङ्लिस बोर्डिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा हुने छ ।

यस्तै माघ ५ गते सरस्वती इङ्लिस बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी स्कुल, विभूति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ४५ हजार, दोस्रो हुनेले नगद ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना स्थान हाँसिल गर्ने दुई टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको छैठाैँ दिन दर्शकको सहभागिता उल्लेख्य रह्यो । माघेसंक्रान्तिको दिनमा महोत्सवमा दर्शकको भीड लाग्यो ।

महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायिका शान्तीश्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुशजंग कार्कीको प्रस्तुति रह्यो ।

यस्तै गंगा पौडेल, पोखरेली माग्ने बुढा र धुर्मुसको हाँंस्यब्यङ्ग्य प्रस्तुतिमा दर्शक उत्साहित भएका थिए ।

यस्तै साँझको लाइभ कन्सर्टमा चर्चित र्‍यापर लाहुरेको प्रस्तुतिमा युवा झुमेका थिए ।

Copyright © 2024 | All rights reserved.