0
प्रतिक्रिया
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा चिसो कायमै छ । तर आज बिहानै मौसम खुलेर घाम लाग्न सुरु भएको छ ।
साथै देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशमा आज दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.