बैशाख ०४, २०८२, बिहीबार

टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताका लागि नलेज सेयरिङ प्रोग्राम


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताका लागि नलेज सेयरिङ प्रोग्राम सम्पन्न भएको छ ।

पोखराको न्यूरोडस्थित आयुशा ईन्टरनेशनलकोे आयोजनामा भएको कार्यक्रममा सिसिटिभी जडान प्रक्रिया, सिसिटिभीका विशेषतालगायतका बारेमा जानकारी गराइएको थियो ।

टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेशनलको सहयोग भएको कार्यक्रममा गण्डकी प्रदेशका ८० जना विक्रेता सहभागी थिए ।

कार्यक्रममा हाइटेक इन्टरनेशनलका प्रमुख हरिकुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेन ड्राइभबाट सुरु गरेको व्यापार, कम्प्यूटर र ल्यापटप र ग्याजेटका प्रोडक्ट इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको बताए ।

उनले पछिल्लो समय टेन्डी सिसिटिभी क्यामेराको विक्रीवितरण गर्दै आइरहेको बताए । नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवर्द्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको भन्दै उनले व्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए ।

टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो । व्यापार गरेर सरकारलाई कर तिर्न आग्रह गर्दै श्रेष्ठले ग्राहक सन्तुष्ट भए प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेरा विस्थापित भइसकेको उनको भनाइ छ ।

कार्यक्रममा टेण्डी टेक्नोलोजिस कम्पनी नेपालका लागि सेल्स डाईरेक्टर नवीन भण्डारी र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेशनलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटिभी क्यामेराको जडान प्रविधि, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधिको बारेमा जानकारी गराएका थिए ।

आयुषा इन्टरनेशनलका सञ्चालक अनिलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलिकमका सिनियर ईन्जीनियर ई. रामचन्द्र पोखरेल, ओमलाल अधिकारी, हाइटेकका सेल्स एक्जुकेटिभ निर्जल कर्माचार्य, चितवन आइटी शोलुसनका माधव भट्टराईलगायत सहभागी थिए ।

कार्यक्रम सञ्चालन टेक परिनर्स नेपालका डाइरेक्टर सुदीप ओझाले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.