बैशाख ०४, २०८२, बिहीबार

घान्द्रुकका हिमलाल परियारलाई सातौँ ब्रेज मेश्रो अवार्ड


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । घान्द्रुकका हिमलाल परियार सातौँ ब्रेज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले परियारलाई ब्रेज मेश्रो अवार्ड प्रदान गरेको हो ।

पोखरामा आयोजित एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिका-१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले परियारलाई अवार्ड प्रदान गरे ।

परियारलाई अवार्डसँगै सम्मानपत्र, दोसल्ला र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।

घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले प्रकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए ।

‘घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तित्वलाई प्रदान गर्दै आएका छौँ’, उपाध्यक्ष गुरुङले भने ।

उनले थपे, ‘सातौँ ब्रेज मेश्रो अवार्ड हामीले यसपटक घान्द्रुकको प्रकृति संरक्षणमा योगदान पुर्‍याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौँ, भौतिक विकाससँगै प्रकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनीय छ ।’

बे्रजमेश्रो अवार्डबाट यसअघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए ।

‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आउनुभएका घान्द्रुकका नागरिकले गाउँको विकास तथा विभिन्न क्षेत्रमा दिदै आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोवल अझै उच्च हुन्छ’, वडाध्यक्ष गुरुङले भने ।

कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्वअध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुलबहादुर गुरुङले बोलेका थिए ।

घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.