बैशाख ०४, २०८२, बिहीबार

आशिका तामाङ पक्राउ


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । 

प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर बुधबार दिउँसो तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले पुष्टि गरे । 

उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई पक्राउ गरिएको हो ।

उनीविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । 
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
 

Copyright © 2024 | All rights reserved.