बैशाख ०४, २०८२, बिहीबार

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

अदालतकाे आदेशपछि लामिछाने पक्षले धरौटी बुझाउने तयारी गरिरहेको बताइकाे छ ।

लामिछाने यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र रिहा भएका थिए ।

कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो । उनी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

Copyright © 2024 | All rights reserved.