बैशाख ०४, २०८२, बिहीबार

आज गण्डकीसहित चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।

आज देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । 

यस्तै राति हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका हल्का हिमपातको सम्भावना छ । 

त्यसैले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


 

Copyright © 2024 | All rights reserved.