0
प्रतिक्रिया
मुस्ताङ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ । प्रशासनको पुरानो भवनमा बिहीबार बिहान करिब १ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो आगलागीमा परी प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् ।
उनलाई मुस्ताङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ । तिवारीको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ
प्रहरीले स्थानीयको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो । यो भवनमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रजिअका सुरक्षा गार्ड बस्दै आएको बताइन्छ ।
आगोलागी भएपछि उनीहरु झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए । आगोले सो भवनमा आंशिक क्षति पुगेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
Copyright © 2024 | All rights reserved.