0
प्रतिक्रिया
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा रुखबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा हुप्सेकोट गाउँपालिका वडा नं ४ डिहीका ६० वर्षीय रमन राना मगर छन् ।
मगर थुम्कीदेवी सामुदायिक वनमा एक्लै घाँस काट्न गएका थिए । उनी घर फर्कन ढिला भएपछि उनका छोरा कुलबहादुर राना मगरले छिमेकीसहित खोजी गर्दा जंगलमा गम्भीर घाइते अवस्थामा फेला पारेका थिए ।
प्रहरीका अनुसार मगरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उद्दार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहाले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.