बैशाख ०४, २०८२, बिहीबार

लागुऔषधसहित एक युवक पक्राउ


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थायी घर भई पोखरा ममहानगरपालिका वडा नं २५ का २७ वर्षीय रामचन्द्र सुवेदी छन् ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार सुवेदीलाई बुधबार पोखराको आलुमाइला चोकबाट पक्राउ गरिएको हो ।

शर्माका अनुसार सुवेदीले चलाएको ग१३प ४१५४ नम्बरको स्कुटर चेकजाँच गर्नेक्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।

उनको साथबाट टापेन्टाडोल ट्यावेलट चार सय बरामद भएको थियो । साथै उनको कोठाबाट टेन्टाडोल १७ हजार सात सय ८० चक्की, रामकृष्णटोलस्थित कोठाबाट दुई चक्की, ट्रामोल ५० लेखिएको चार सय ६० चक्की गरी कुल १८ हजार आठ सय ४० चक्की लागुऔषध बरामद भएकनो थियो ।

सुवेदीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले बताए ।

Copyright © 2024 | All rights reserved.