बैशाख ०४, २०८२, बिहीबार

बद्री पंगेनीले पोखरा महोत्सवमा नचाए दर्शक


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३औँ पोखरा महोत्सवमा भने दर्शकलाई नचाए । प्रायः महोत्सवमा महिला लक्षित गरी प्रस्तुत हुने गायक पंगेनीले पोखरा महोत्सवमा भिन्न शैलीमा आफ्नो प्रस्तुति राखे ।

भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका पंगेनीले युवा माँझ लोकप्रिय बनेको चिना हेराउँदा भन्ने गीत प्रस्तुत गर्दा दर्शक बद्रीसँगै झुमे । बद्रीले झ्याउरे, ससुरालीलगायतका गीतसँगै दोहोरीसमेत गाएका थिए ।

महोत्सवमा बद्रीसँगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हास्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुतिमार्फत दर्शकले भरपूर मनोरञ्जन लिए । यस्तै साँझको लाइभ कन्सर्टतर्फ कबवेवको प्रस्तुतिमा युवा झुमे ।

महोत्सवमा बिहीबार दर्शकको सहभागिता उल्लेख्य थियो । साथै कारोबार पनि बढेको अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

यता, महोत्सवमा जारी विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.