बैशाख ०४, २०८२, बिहीबार

कस्तो रहला आजको मौसम ?


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

खरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले आज बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा आज बिहानैदेखि मौसम सफा छ । पोखरामा बिहीबारको तुलनामा चिसो केही कमी महसुस गरिएको छ ।

यो समाचार तयार गर्दा ८ः२० बजे पोखराको तापक्रम १० डिग्री सेल्सियस छ । आज पोखराको तापक्रम न्यूनतम् छ डिग्री र अधिकतम् २२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी स्थानमा मौसम सफा रहनेछ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्‍यउन सक्ने महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

Copyright © 2024 | All rights reserved.